असन टोलको यिताः चपाःको शिलान्यास

काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ मा अबस्थित असन टोलको यिताः चपाःको पुनःनिर्माण कार्य शुरु भएको छ । २७ वडाको वडाअध्यक्ष योगेश कुमार खड्गीको नेतृत्वमा पुनःनिर्माणको कार्य शुरु भएको हो । आज पुनःनिर्माण गर्ने क्रममा ​आसनमा यिताः चपाःको शिलान्यास सम्पन भएको छ ।

आइतबार बिहान ८ बजे महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष योगेश खड्गीले शिलान्यास गरी निर्माणका काम सुरु भएको थियो। उक्त शिलान्यास कार्यक्रममा पूर्व वडाअध्यक्ष बिजय नारायण मानन्धर र चिनिया मान बज्राचार्य तथा स्थानियको उत्साह पुर्बक सभागिता थियो।

महानगर पालिका, केन्द्रीय सम्पदा विभागको परियोजना यस घरको पुनःनिर्माण हुन लागेको हो भने घरको पुनः निर्माणको निमित्त २ करोड ३७ लाख जति बजेट छुट्याइएको छ । वडा अध्यक्ष खड्गीले यस घरको पुनःनिर्माण साढे एक वर्षभित्र सम्पन्न गर्ने सहमति भएको जानकारी दिनुभएको छ ।