युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस जायन्ट लिभरपुलको च्याम्पियन्स लिग यात्रा अन्तिम १६ मै टुंगिएको छ। पिएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले २ वटा पेनाल्टी प्रहार रोकेपछि लिभरपुल घरेलु दर्शकमाझ स्तब्ध बन्यो।
पहिलो लेगमा १-० को अग्रता बनाएको लिभरपुल विरुद्ध दोस्रो लेगमा एनफिल्डमा पुनरागमन जित सहित पिएसजीले क्वाटरफाइनल यात्रा पक्का गर्यो। रोमाञ्चक रुपमा निर्धारित समाय पिएसजीले १-० को अग्रता बनायो।
यो सँगै खेल समाग्रमा १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिएको थियो। उस्मान डेम्बेलेको सुरुवाती गोलले पिएसजीले खेलमा अग्रता बनायो। १२ औ मिनेटमा डेम्बेलेले आकर्षक रुपमा गोल गर्दै पिएसजीलाई खेलमा अग्रता दिलाए। ब्राडली बारकोलाको सामान्य क्रसलाई लिभरपुलका गोलकिपर एलिसन र डिफेन्डर इब्राहिमा कोनाटेबीच तालमेल नहुँदा डेम्बेलेले त्यसलाई गोलमा परिणत गरे।
त्यसपछि दुबै तर्फबाट थप गोल हुन सकेन्। लिभरपुल फ्रेन्च टोलीको बलियो रक्षात्मक पंक्तिलाई तोड्न सकेन्। पेनाल्टी सुटआउटमा गोलकिपर जियानलुइजी डोनारुम्मा नायक बने उनले डार्विन नुनेज र कर्टिस जोन्सको पेनाल्टी बचाए। अन्त्यमा डेजिरे डोउले निर्णायक पेनाल्टी प्रहार गर्दै पिएसजीलाई ४-१ को जित सहित क्वाटरफाइनलमा पुर्याए।
त्यस्तै च्याम्पियन्स लिगको अन्य खेलमा वार्यन म्युनिखले वार्यन लेभरकुजेनलाई २-० ले हराउँदै समग्रमा ५-० को जित सहित क्वाटरफाइनल प्रवेश गर्दा इन्टर मिलानले फियनर्डलाई २-१ ले हराउँदै समग्रमा ४-१ को जित सहित क्वाटरफाइनलमा स्थान बनायो।
