प्रहरीले सार्वजनिक गर्‍यो बरामद गरेको २५ करोड रुपैयाँ

काठमाडौं प्रहरीले झण्डै २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ। राजस्व छली गरी विभिन्न देशका मुद्राहरू अवैध रूपमा ओसारपसार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले दिएको जानकारी अनुसार, मंगलबार राति ११ बजे टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको मालवाहक ट्रकबाट उक्त मुद्रा बरामद गरिएको हो।
विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेको उक्त ट्रकलाई नियन्त्रणमा लिइएको थियो। पक्राउ पर्नेमा ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ का कुसाङ लामा रहेका छन्।

खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाई लुकाएर राखिएको अमेरिकी डलर र युरो लगायतका मुद्राहरू फेला परेको प्रहरीले जनाएको छ। बरामद मुद्राको मूल्य करिब