काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाँदैछन्।
उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको सम्वाद सचिव डा.फणिराज पाठकले जनाएका छन्।
उनी यसैसाता जाने भनिएपनि गते भने खुलाइएको छैन।
यतिबेला राजावादीहरूको सक्रियता र विभिन्न कार्यक्रमहरूले पूर्वराजा शाहको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।
