सिनेमा एउटा जीवन कला र यात्रा

निभय नकर्मी न्यूयोर्कबासी नेपाली सिनेमाकर्मी हुन् जसले हालै सिटी कलेज न्यूयोर्कबाट सिनेमा सम्बन्धी बिषयमा स्नातकोत्तर गरेका हुन् र अहिले उनी सिनेमा कला सम्बन्धी कामलाई करियर बनाउँदै छन् । उनको शोध कार्य अन्तर्गतको लघु चलचित्र मोक्षम आफ्नो कलेजको तर्फबाट आउँदो BAFTA student award २०२५ को लागु छनौट पनि भएकोछ। कलेजको सिटीभिजन फिल्म फेस्टिवल २०२४मा प्रिमियर गरिएको उक्त चलचित्र National Board of Review Student Award 2025 को निम्ति मनोनयन पनि भएकोछ। अहिले निभया फेस्टिवलको परिप्रेक्षमा निर्माणाधीन लघु चलचित्र आह्वानम् पुरा गर्न व्यस्त छन् ।
काठमान्डौको अध्यात्मिक वातावरणमा हुर्किएका निभय जहिले पनि एक सफल कलात्मक र ब्यबसायिक सिनेमा निर्माता बन्ने चाहना राख्नु हुन्छ । हलिवूडको भूमि जहाँ प्रतिस्पर्धा आबश्यक र गतिशील हुन्छ, त्यहाँ छुट्टै किसिमको सिनेमाको स्वाद पस्किनु नै पर्दछ । निभयले आफुसंग भएको आफ्नो परम्परा र संस्कृतिको सूक्ष्म ज्ञान र अनुभवलाई उचित प्रयोग गरी प्रेरणादायी कथा बुन्न प्रयोग गरेका छन् । तत्पश्चात उहाँले आफ्नो समाजमा अन्तर्निहित आस्था र पराम्परा समबन्धी अनेकौं लघु सिनेमा बनाउनु भएको छ ।

फिल्म निर्माताको रुपमा उनले सधैं नै अरु भन्दा स्तरीय कथा प्रस्तुतिमा ध्यान दिएकाछन् । एउटा कथावस्तु भेटे पछि त्यसलाई सार्थक प्रस्तुति कसरी गर्ने भन्नेमा तल्लिन हुन्छन् । उनका सिनेमाहरुमा उनले विभिन्न मन लोभ्याउने बिषयवस्तु छानेका छन् । त्यसै सन्दर्भमा उनको कथा शैली परमपरागत कथाहरु भन्दा भिन्नै खालको हुने र अनेकौं अप्रत्यासित सिर्जनशिलताको प्रयोगले उनको सिनेमाले दर्शकहरुलाई सोचमग्न बनाउँछ नै । यही कुरा उनको मोक्षम्मा प्रतिबिम्बित भएको छ, जसमा प्रेम र धन प्राप्तिको लागि पारिवारिक संघर्षको बलियो कथालाई आफ्नो शैलीले दर्शकहरुलाई अचम्भित तुल्याएका छन् । यसरी नै आह्वानम् एउटा गोप्य धार्मिक अनुष्ठानको परम्परालाई सुस्तरी धार्मिक संस्कार गरिनु को कारण खुलाएका छन् ।

निश्चय नै पहिलो पल्ट अन्जान परदेशमा आउँदा उनलाई गाह्रो भयो नै र शुन्यबाट सुरु गर्नु भयो । बाँच्नु र ज्ञानको प्राप्ति बीचको सन्तुलनमा संघर्ष बढ्ने नै हुन्छ । परदेशमा बाँच्नको लागि आर्थिक समस्यालाई मिलाउँदा जीवनमा थकान महशुस हुन्छ नै । अर्काको भूमिमा बिद्यार्थी हुनु भनेकै अनिश्चतता, चुनौतिपूर्ण र जोखिमले भरेको जीवन बाँचु हो ।यसर्री नै निभयको लागि त्यो एउटा अनिश्चितताले भरिएको चुनौतिपूर्ण कला क्षेत्र नै थियो ।
तर भनिन्छ नि, चुनौतीमै अवसर हुन्छ, निभयले संघर्ष मै शक्ति भेट्टाए । लगनशीलता र मेहनतले उनले सिनेमा सम्बन्धी उच्च अध्ययन, स्नातक डिग्री हासिल गरी आफ्नो अभिरुचिको बिषयमा जीवन खोज्दै हुनुहुन्छ । यसको अर्थ जीवनमा समस्याहरुको समाधान भएको पक्कै हैन, तर उनमा भविष्यमा आउने समस्यासंग जुध्नसक्छु भन्ने आत्म बिश्वास छ ।