भृकुटी मण्डपमा नेकपा एमालेको युथ सेलेब्रेसन

नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ ।

‘लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्दैछौं । सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी बक्ताहरुले कुरा राख्नेछन्’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको जनाएको छ । भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरु सहभागी हुन अपिल गरेको छ ।

आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमालेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्नेछन् ।