चीनको राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बुधबार राति राजधानी काठमाडौं आइपुगेका छन् ।
उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सिआओ सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ ।
राति ११.५ बजे काठमाडाैं आइपुगेका उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए ।
