काठमाडौँ– प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका यी दुई दलले संसद् अवरुद्ध गरिरहेका छन्।
तर सभामुख देवराज घिमिरेले संसद् पेलेरै चलाइरहेका छन्। जसका कारण राप्रपाले बहिष्कार गरेको छ हो। रास्वपाले भने संसद्को वेल अगाडि बसेर विरोध गरिरहेको छ।
