कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु

कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु भएको छ।

कोटेश्वरस्थित प्रहरी प्रभागमा जेन–जी आन्दोलनकारीहरूले आगो लगाएका थिए। त्यस क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए।

आक्रमणबाट तीन जना प्रहरीको मृत्यु भएको हो। प्रहरीहरूले आत्मसमर्पण गरिसकेको भए पनि कुटपिटबाट उनीहरूले ज्यान गुमाएका हुन्।