सुमन सायमि आज नेकपा प्रवेश गर्दै

सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछन् ।राजेन्द्र महतो नेतृत्व राष्ट्रिय मुक्ति पार्टी (रामुपा)का उपाध्यक्ष सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् ।

त्यसका लागि आज बुधबार भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरिएको छ ।आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार हुन लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अगाडि बढ्न खोजेका हुन् ।

नयाँ भन्नेहरूसँग समुदाय र देशको विकास लागि कुनै विचार नभएकोले नेकपामा जान लागेको उनको भनाइ छ । सायमीको यस कदमलाई जनताले आगामी निर्वाचनमा कतिको साथ दिन्छ भन्ने कुरा अब हेर्न बाँकी छ।

उनि गुठी आन्दोलनका अभियन्ता तथा युवा नेताका रुपमा परिचित नाम हुन्।

५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका हुन् । उनी काठमाडौंका रैथानेमाझ चर्चित छन् ।