झापा- ५ बाट बालेनको उम्मेदवारी दर्ता

झापा- रास्वपाका वरिष्ठ नेता बालेन साहले उम्मेदवारी दर्ता गराएका छन्।

बालेनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा- ५ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावकका रूपमा भूमिनन्द बराल र समर्थकका रूपमा भेषराज भट्टराई रहेका छन्।

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर समेत रहेका बालेन झापा- ५ पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्दैछन्।