असनका युवाहरु सक्रियता २६ वर्षअघि स्थापना भएको भिन्तुना गुथिले काठमाडौंको असनमा भिन्तुना वसन्त उत्सव हिजो सम्पन्न भएको छ
स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्दै आएको गुथिले हिजो शनिबार असन डबलीमा छैटौं भिन्तुना वसन्त उत्सव ११४६ आयोजना गरेको थियो।
वसन्त पञ्चमीको समयमा रुख बिरुवामा नयाँ पालुवा पलाएजस्तै स्थानीय नयाँ कलाकारको कला प्रस्फुटनका लागि वसन्त उत्सव एउटा अवसर बनेको थियो । कार्यक्रममा ख्यातिप्राप्त कलाकारदेखि स्थानीय नवकलाकारसम्मले वाद्यवादन, गायन, नाटक, नृत्य, पौराणिक चर्या नृत्य, कविता वाचनलगायतमा सहभागिता जनाउनेछन् ।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सितावादक तारावीरसिंह तुलाधरसहित विभिन्न विद्यालय र संघसंस्थाका २५ भन्दा बढी कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रम रति १० बजे सम्म चलेको थियो।
कार्यक्रममामा गीत संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै तुलाधरलाई सम्मान समेत गरेका थिए । यसअघि संस्थाले मदनकृष्ण श्रेष्ठ, भृगुराम श्रेष्ठ, स्व. प्रेमध्वज प्रधान लगायतलाई सम्मान गरिसकेको छ ।
