नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अङ्कको वृद्धि देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अङ्कको वृद्धि देखिएको छ।

नेप्से परिसूचक १३.५१ अङ्कले बढेर २,८१२.३४ बिन्दुमा पुगेर थामिएको हो।

आज दिनभरिको कारोबारमा ३४० कम्पनीको ३ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर खरिद-बिक्री हुँदा कुल १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँ बराबरको ठूलो कारोबार भएको छ।

बजारमा आज मिश्रित प्रभाव देखिएको छ। बैङ्किङ, जलविद्युत्, विकास बैङ्क, लगानी, उत्पादन र म्युचुअल फन्ड समूहको सूचक बढेका छन् भने वित्त, होटल, बिमा, लघुवित्त र व्यापार लगायतका अन्य समूह भने ओरालो लागेका छन्।

आज रिलाइन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

रिदी पावर कम्पनी कारोबार रकमका आधारमा र शिवश्री हाइड्रोपावर शेयर सङ्ख्याका आधारमा अग्रस्थानमा रहेका छन्।