जाँच आयोगको सिफारिसपछि पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार लेखकलाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो।

नयाँ सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

उक्त आयोगले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको दमनबारे अध्ययन गरी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरिएको छ।

सरकारको उक्त निर्णयपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै प्रहरीले लेखकलाई पक्राउ गरेको हो।