पूर्वप्रधानमन्त्री ओली पक्राउ

एक पूर्व प्रधानमन्त्रीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। प्रहरीले उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिस लगिएकाे छ ।

पक्राउको खबर सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आएका छन्। सत्तारूढ पक्षका केही नेताहरूले यसलाई कानुनअनुसारको प्रक्रिया भनेका छन् भने प्रतिपक्षले भने यसलाई राजनीतिक उद्देश्य प्रेरित कदम हुन सक्ने आशंका व्यक्त गरेका छन्।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो।