काठमाडौँ— नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि ३२० रुपैयाँको वृद्धि भएको छ।
पछिल्लो विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबारको तुलनामा सोमबार केही घटेको सुनको भाउले आज भने नयाँ उचाइ लिएको हो।
चाँदीको मूल्यमा पनि उल्लेख्य सुधार देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार २२० रुपैयाँ कायम भएको छ, जुन गत सोमबार ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ८२८ अमेरिकी डलर र चाँदी ८० डलर पुगेका कारण त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।
