प्रधानमन्त्री बालेन शाह ‘टाइम १००’ प्रभावशाली व्यक्तिको सूचीमा, दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको म्यागेजिनको दाबी

काठमाडौँ— प्रधानमन्त्री बालेन शाह विश्वप्रसिद्ध ‘टाइम म्यागेजिन’ले सार्वजनिक गरेको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।

म्यागेजिनले शाहलाई एक पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्न सफल व्यक्तित्वका रूपमा चित्रण गर्दै विशेष चर्चा गरेको छ।

टाइम म्यागेजिनका अनुसार शाहको राजनीतिक उदय युवा पुस्ताको बलियो समर्थन र पुराना राजनीतिक दलहरूप्रतिको व्यापक असन्तुष्टिको उपज हो।

काठमाडौँको मेयर रहँदा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा चालेका सुधारका कदमहरूलाई म्यागेजिनले प्रमुख उपलब्धिको रूपमा उल्लेख गरेको छ।

दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउन सफल शाहबाट आम नेपालीले प्रभावकारी नेतृत्वको ठुलो अपेक्षा राखेको विषयलाई पनि म्यागेजिनले प्राथमिकताका साथ प्रस्तुत गरेको छ।