काठमाडौँ — नेपाली बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ उचाइ छोएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ।
हिजो तोलामा २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ एकै दिनको छलाङसँगै ३ लाखको मनोवैज्ञानिक सीमा पार गरेको हो।
उता, चाँदीको मूल्यमा पनि आगो लागेको छ। तोलामा ५० रुपैयाँले बढेर आज चाँदी ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो चाँदी ४ हजार ९ सय ९५ रुपैयाँमा सीमित थियो। दैनिक रूपमा भइरहेको यो मूल्य वृद्धिले सर्वसाधारणको पहुँचबाट सुनचाँदी टाढिँदै गएको प्रष्ट हुन्छ।
