काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइतर्फको यात्रा तय गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउमा एकैपटक प्रतितोला २ हजार रुपैयाँको भारी वृद्धि देखिएको छ।
यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९८ हजार ८०० रुपैयाँमा भइरहेको छ, जबकि हिजो बुधबार यसको मूल्य २ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य बढोत्तरी भएको छ। महासङ्घले जनाए अनुसार आज चाँदी तोलामा १०० रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँ पुगेको छ।
हिजो चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुनचाँदीको मूल्यमा यो अस्वाभाविक वृद्धि देखिएको व्यवसायीहरूको विश्लेषण छ।
