काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा प्रकाशनसम्बन्धी तयारी पूरा गरेको छ । २०८३ वैशाख २६ गते प्रकाशित सूचना अनुसार, बोर्डले यस वर्षको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाएको छ ।
विद्यार्थी र अभिभावकहरूले एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न आधिकारिक वेबसाइटहरू मार्फत नतिजा प्राप्त गर्न सक्नेछन् ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
बोर्डले नतिजा उपलब्ध गराउन ३ वटा संस्थाहरूलाई सर्टकोड (Shortcode) प्रयोगको अनुमति दिएको छ:
- नेपाल टेलिकम: १६०० (SMS/USSD/IVR)
- जानकी टेक्नोलोजी प्रा.लि.: ३५००१ (SMS)
- एम्बिसन गुरु प्रा.लि.: ३१०६१ (SMS)
वेबसाइट मार्फत नतिजा हेर्ने पोर्टलहरू
बोर्डले नतिजा प्रकाशनका लागि सरकारी र निजी क्षेत्रका गरी कुल १४ वटा पोर्टलहरूलाई आधिकारिक अनुमति दिएको छ । निम्न वेबसाइटहरूमा गई आफ्नो सिम्बोल नम्बर राखेर नतिजा हेर्न सकिनेछ:
रा.प.बोर्ड परीक्षा नियन्त्रण कार्यालय: www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड: www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
कलेज इन्फो नेपाल: see.collegeinfonepal.com
द कनेक्ट प्लस: https://theconnectplus.com
एनसेल आजियाटा: https://ncellapp.ncell.com.np/result
निमा एजुकेशन फाउण्डेशन: result.neemaacademy.com
फोनिक्स एजुकेशन फाउण्डेशन: resultayo.com
एम्बिसन गुरु: see.ambition.guru
एन.इ.बि. रिजल्टस एण्ड निउज: https://see.merostudy.net
इन्द्रेणी टाइम्स नेटवर्क: nebeducation.com/see
