काठमाडौं । उर्जाशील सहयोगी हातले काठमाडौंको हाँडिगाउँ डबलीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार शिविर २०८३ साल जेठ २ र ८ गते सञ्चालन हुनेछ ।
जेठ ७ गते Neo Health Center को सहकार्यमा सुगर, रक्तचाप, पिसाब तथा मिर्गौला/क्रिएटिनिन सम्बन्धी परीक्षण गरिनेछ ।
त्यस्तै जेठ ८ गते B.P. Koirala Lions Netra Adhyayan Kendra को सहकार्यमा आँखा परीक्षण शिविर सञ्चालन गरिने संस्थाकी अध्यक्ष रमिता बज्राचार्य ले जानकारी दिइन् ।
