नवनियुक्त प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीले लिए शपथ

प्रतिनिधिसभाले नयाँ सचिवका रूपमा प्रकाश अधिकारीलाई पाएको छ। संसद् सचिवालयमा आज आयोजित औपचारिक कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल समक्ष अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले संबैधानिक व्यवस्था अनुसार सभामुखको सिफारिसमा हिजो बुधबार अधिकारीलाई सो पदमा नियुक्त गर्नुभएको थियो। नवनियुक्त सचिव अधिकारीले आजैदेखि संसद् सचिवालयमा उपस्थित भई आफ्नो पदीय जिम्मेवारी सुरु गरिसक्नुभएको छ।

आगामी दिनमा प्रतिनिधिसभाको प्रशासनिक र व्यवस्थापकीय कार्यमा उहाँको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।