नेवाः मिसा दबूको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

कस्तुरी श्रेष्ठको सभापतित्वमा सुरु भएको उक्त तेस्रो अधिवेशनमा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको छ ।

त्यसै गरी, उक्त कार्यक्रममा अतिथिका रुपमा नववर्ष राष्ट्रिय समारोह समितिका अध्यक्ष प्रेमहिरा तुलाधर, पूर्व मन्त्री अष्टलक्ष्मी शाक्य, साहित्यकार सुवर्ण केशरी चित्रकार, कीर्तिपुर नगर पालिकाका मेयर कृष्णमान डंगोलका साथै विभिन्न ब्यक्तित्वहरुका उपस्थिति रहेका थिए ।

र्यक्रममा नेवाः मिसा दबूको मुखपत्रको लोकार्पणका साथै विभिन्न ब्यक्तित्वहरुले स्थापना गर्नुभएका विभिन्न सम्मान तथा पुरस्कार पनि प्रदान गरिएका थिए ।

अधिवेशनमा सर्वसम्मत रुपमा रमिता वज्राचार्यको अध्यक्षतामा सात प्रदेशका सदस्यहरु समावेश भएको उनान्तीस सदस्यीय नयाँ कार्य समितिको पनि चयन गरिएका छन् ।

अधिवेशनमा नयाँ कार्य समितिको चयन गर्न नवीन थेच्वमिको संयोजकत्वमा अमीरमैँया रन्जित र विमला प्रधान रहेको निर्वाचन समितिले कार्यभार बहन गरेको थियो ।