काठमाडौं। इरानले आफ्नो सेना पहिलेभन्दा “अझ तयार र शक्तिशाली” रहेको जनाएको छ। यो बयान खाताम अल–अम्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले दिएका हुन्।
इरानको सरकारी समाचार एजेन्सीका अनुसार मेजर जनरल अली अब्दुल्लाहीले भने, “इरानी सेना सधैँ तयार अवस्थामा छ र कुनै पनि शत्रुको आक्रमणलाई कडा रूपमा तथा व्यापक स्तरमा जवाफ दिनेछ।”
यो प्रतिक्रिया डोनाल्ड ट्रम्पको हालैको अभिव्यक्तिपछि आएको मानिएको छ। ट्रम्पले आफूले मंगलबार इरानमाथि आक्रमण गर्ने योजना बनाएको तर खाडी मुलुकहरूले त्यसलाई रोक्न आग्रह गरेको बताएका थिए।
तर ट्रम्पले थप चेतावनी दिँदै स्वीकार्य सम्झौता नभए इरानमाथि “ठूलो स्तरको आक्रमण” गरिने बताएका छन्।
