नेवाः पत्रकार राष्ट्रिय दबूकी पूर्व उपाध्यक्ष मिरा अमात्यको निधन

नेवाः पत्रकार राष्ट्रिय दबूकी पूर्व उपाध्यक्ष तथा पत्रकार मिरा अमात्यको निधन भएको छ। गत पुसमा अमेरिकामा उहाँको निधन भएको भए पनि परिवारले सोमबार बेलुका सामाजिक सञ्जालमार्फत उहाँको निधनको खबर सार्वजनिक गरेको हो ।

अमात्यले पत्रकारितामार्फत विशेषगरी आदिवासी जनजाति महिलाको सशक्तीकरणका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको थियो। उहाँले सञ्चार क्षेत्रमार्फत आदिवासी जनजाति समुदाय, विशेषगरी महिलाका सवाललाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबूसँग आबद्ध रहेर उहाँले पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रसँगै आदिवासी जनजाति समुदायमा अपूरणीय क्षति पुगेको छ ।