भदौ २३ गते जेनजी सहिद दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं-  सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णयहरूबारे जानकारी गराउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यो जानकारी दिएका हुन्।

अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको घटनाका सन्दर्भमा ‘जेनजी शहीद दिवस’ भन्दै सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।