भीम तुलाधरको ‘मोहनी नखः वःला’ म्युजिक भिडियो सार्वजनिक

गायक तथा संगीतकार भीम तुलाधरको प्रस्तुति रहेको ‘मोहनी नखः वःला’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको न्युरोडस्थित एलिभेट लाउन्ज क्लब केटीभीमा शनिबार विशेष कार्यक्रम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो।

हिजो आयोजित प्रिमियर कार्यक्रममा म्युजिक भिडियोको औपचारिक प्रदर्शन गरिएको थियो। उक्त म्युजिक भिडियोको अवधारणा तथा निर्देशन सुरेन्द्र मानन्धरले गरेका हुन्।

गीतमा भीम तुलाधर, प्रवेशमान शाक्य, पवित्र कासा, कविता जोशी श्रेष्ठ, रत्न शोभा महर्जन, प्रतिमा बज्राचार्य, शुभेच्छा तुलाधर, विनय स्थापित, दिनेश तुलाधर र सौरभ ज्योतिले समेत स्वर दिएका थिए। अमृतरत्न शाक्यको शब्द, भीम तुलाधरको संगीत तथा भूपेन्द्र बज्राचार्यको संगीत संयोजन रहेको गीतमा रोहिया महर्जन र हिशिला महर्जनले नृत्य निर्देशन गरेका छन्।

म्युजिक भिडियोको मेकअप प्रतिज्ञा बज्राचार्यले गरेकी हुन् भने क्यामेरा तथा ड्रोन सञ्चालन बालकुमार मगर र अनिल मगरले गरेका छन्। इन्द्र मानन्धरले भिडियोको सम्पादन तथा कलरिङ गरेका छन्।

‘मोहनी नखः वःला’ म्युजिक भिडियोमार्फत गीत, संगीत र दृश्य प्रस्तुतिलाई संयोजन गर्दै दर्शकमाझ नयाँ सांगीतिक प्रस्तुति ल्याइएको छ।