शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । आज (सोमवार) लिगअन्तरगत दुई खेल हुँदैेछन् ।
पहिलो खेल च्यासल मैदानमा र दोस्रो खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुने जनाइएको छ ।
यस खेलमा एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । उसले ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुलिस भने लिगमा पहिलो जितको खोजीमा हुनेछ । पाँचौं चरणसम्म जित बिहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।
यस्तै एन्फा कम्प्लेक्समा हुने दोस्रो खेलमा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ । संकटा र खुमलटारबीचको खेल पनि दिउँसो २ बजे नै सुरु हुनेछ ।
