काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको भाउ घटाएको छ ।
आज सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।
अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।
भारतबाट मूल्य घटेर आए पनि नेपालमा नघटेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । निगमले डिजेल लिटरमै १० रुपैयाँ भाउ घटाएपछि अब सार्वजनिक गाडीको भाडा पनि घट्नेछ ।
