सिक्किममा हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको ज्यान गयो

सिक्किममा हिमपहिरोमा परी तीन जना नेपालीसहित ७ जनाको ज्यान गएको छ । घटनामा १३ जना घाइते भएका छन् ।

हिजो मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । अरु ४ जनामा भारतीय नागरिक रहेका छन् ।

घाइते १३ जनामध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भैरहेको छ ।

हिम पहिरोमा ४ सयभन्दा धेरै पर्यटक फसेका थिए ।