काठमाडौं – नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग कारोवार गर्दा पाँच हजार अमेरिकी डलर बराबरको सटही गर्न पाउने व्यवस्था गरेको हो ।
यस अघि पाँच सय अमेरिकी डलर बराबर मात्रै साट्न पाइन्थ्यो । तर भन्सार घोषणाको प्रमाणित नभएको तथा विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने बढीमा पाँच सय डलरसम्म मात्र साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधनमार्फत् विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने सटही सुविधासम्बन्धी व्यवस्था थप गरेको छ ।
त्यस्तै, नेपालमा काम गरिरहेका विदेशीले सटही गरेर लैजान पाउने विदेशी मुद्रासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ ।
