आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बुधबार मध्यान्ह सवा १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो।

यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो।

उनले नेपाली सेनाबाट रसुवाको बाढीबारे ब्रिफिङ लिएका थिए। उनले आगामी कदमबारे सरोकारवालालाई निर्देशन दिएका थिए।

त्यस्तै सबैलाई उद्धार, खोज र राहतमा खटिन अनुरोध समेत गरेका हुन्। तीब्बत क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी भोटेकोशी हुँदै त्रिशुली नदीमा मिसिएर धादिङ र चितवनसम्मका तटीय क्षेत्रमा प्रभावित पार्न सक्ने चेतावनी दिइएको छ।