हवाई भाडा घट्यो

काठमाण्डाै- नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बुधवार हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ ।

सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ ।

यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–विराटनगरको दुई सय ४०, काठमाण्डौ–धनगढीको चार सय ४५, काठमाण्डौ–नेपालगञ्जको तीन सय २५, काठमाण्डौ–भैरहवाको दुई सय १० र काठमाण्डौ–सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ ।

हिजो मङ्गलवार आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो । 

यो पनिः हवाई इन्धनको मूल्य घट्यो