खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

काठमाण्डाै – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

ग्यासको मूल्य अब प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य काठमाण्डौ उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक–फरक दर कायम भएको छ । डिजलको मूल्य काठमाण्डाै उपत्यकामा प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।