काठमाण्डौ – कीर्तिपुरमा आज बाघभैरवको जन्मदिन मनाउँदै जात्रा हुँदैछ । हरेकवर्ष सिंह संक्रान्ति अर्थात भदौ १ गते बाघभैरवको जन्मदिनको रुपमा जात्रा गर्ने चलन छ ।
आजका दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ ।
जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरेर बाघभैरवको मूर्तिलाई खटमा राखेर कीर्तीपुरका विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ । बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा जात्रा गर्ने गरिन्छ ।
जात्रा नेपाल सम्वत १०६७ अर्थात २०१३ सालदेखि शुरु भएको हो।
