माथिल्लो त्रिशूली-१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाडौँ – माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले शुक्रबार ६ वटा शव निकालेको हो।

अडिट ३ टनेलभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा शव फेला परेको हो। ग्राइन्डर, ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी शव बाहिर निकालिएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण उक्त आयोजनामा कार्यरत कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका थिए।