काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ २ हजार ३०० रुपैयाँले घटेर २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुन १ हजार ७०० रुपैयाँले बढेर तोलाको ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन तोलामा ९०० रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो । तीजको दिन सोमबार सुनचाँदीको भाउ १ हजार २०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । पहिलो कारोबार दिन आईतबार सुनको भाउ १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा १५० रुपैयाँले बढेर तोलाको ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
