“झिमिक्कै परेली” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ, चर्चित नेपालभाषा तथा नेपालीभाषा गायक गौतमदास मानन्धरको स्वर रहेको उक्त गीत एक समारोहका बीच सार्वजनिक गरेका छन्। उक्त गीतमा अहिलेका चर्चित गायिका निशा देशारले साथ दिएकी छिन भने शब्द तथा संगीत चर्चित संगीतकार अनिल शाहीको रहेको छ।
रेश्मा खड्गी र सुमित शाहीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मनोज महर्जन र हसना महर्जनको बेजोड अभिनय रहेको छ । म्युजिक भिडियोको छाँयाङ्कन अभिग्राफी र साथमा बबिन देसारको रहेको यस गीतमा नृत्य निर्देशक रेश्मा खड्गी र सुमित शाहीले गरेका छन।
यस गीतका गायक गौतमदास मानन्धरले यस अघि पनि एकल एल्बम, सदाबहार र नेपाल भाषाका थुप्रै गीतहरु गाईसकेका छन् भने अहिलेका चर्चित गायिका निशा देशारले पनि थुप्रै गीतहरु गाईसकेका छिन।
विगत चार दशक लामो समय देखि संगीत क्षेत्रमा निरन्तर रूपमा सक्रिय हुँदै आएको गायक गौतमदास मानन्धरले ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रडक्सनमा हाइलाइटस् मार्फत सार्वजनिक भएको छ।
