प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका…

गरिमा चौधरी प्रकरण : सरकारको प्रतिबद्धतापछि आन्दोलन स्थगित हुने बाटो खुल्यो, सात दिनभित्र कानुनी सुधारको खाका

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको जघन्य अपराधपछि न्यायको माग गर्दै भइरहेको आन्दोलनका बीच सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझदेखि मध्यरातसम्म भएको छलफलपछि सरकार र गरिमाका अभिभावकबीच सहमति जुटेको हो।…

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक चक्रवातबाट उत्पन्न भीषण बाढीमा परी १५९ जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन्। स्थानीय अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विपद्पछिको उद्धार तथा पुनर्निर्माणसम्बन्धी तथ्याङ्कअनुसार, चक्रवातसँगै परेको अत्यधिक वर्षाका…

कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु

धनगढी- कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। यसबाहेक थप सात जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिकाका दुई जना र लम्कीचुहा नगरपालिकाका दुई जनामा जापानिज इन्सेफलाइटिस देखिएको हो।…

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा मन्त्री पोखरेलको जोड

सुदूरपश्चिम- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा जोड दिएका छन् । कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण…

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार…

हाँडीगाउँमा १०८ कुमार–१०८ कुमारी पूजा तथा सम्मान कार्यक्रम हुने

काठमाडौँको हाँडीगाउँमा ‘उर्जाशील सहयोगी हात, हाँडीगाउँ– ५ ’ को आयोजनामा वृहत् १०८ कुमार–१०८ कुमारी पूजा तथा सम्मान कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार कार्यक्रमसँगै कुमारी तथा गणेश, भैरव (भेलु) र पूर्व कुमारी गरी ९ जनालाई सम्मान गरिनेछ। कार्यक्रम २०८३ भाद्र…

नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशमा विराजकाजी राजोपाध्यायको नेतृत्व

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशको पहिलो सम्मेलनले विराजकाजी राजोपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। सम्मेलनबाट काठमाडौंका राजोपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै चितवनका विनोद श्रेष्ठ र काठमाडौंकी कुसुम बज्राचार्य उपाध्यक्षमा, ललितपुरका सनीराज शाक्य सचिवमा, काभ्रेका विश्वनाथ…

प्रेस काउन्सिलमा चार नयाँ सदस्य नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रेस काउन्सिलको सदस्यमा चार जना पत्रकारलाई नियुक्त गरेको छ। सरकारको पछिल्लो निर्णयअनुसार उपासना घिमिरे, नम्रता शर्मा, रविराज बराल र फोटो पत्रकार प्रकाश माथेमा काउन्सिलको सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सदस्यहरूले बुधबार आयोजित समारोहमा काउन्सिलका अध्यक्ष उमेश…

छातीमा गाेली लागेकाे अवस्थामा युवक मृत भेटिए

धनगढी- कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक युवक मृत भेटिएका छन् । बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा मृत भेटिएका हुन् । प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुँरास सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन्…