काठमाडौँ– दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दशैँअघि इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका हुन्। हाल पनि त्यस्ता उजुरी प्राप्त भइरहेको विभागका महानिर्देशक चक्रपाणी पाण्डेले जानकारी दिए।…
