मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

काठमाण्डाै – मेडिकल राहतसहित नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान गरेको छ । गएको शुक्रवार आएको भूकम्पका कारण भएको व्यापक जनधनको क्षतिपछि नेपाल सरकारको निर्णय बमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली आज म्यानमार प्रस्थान गरेको हो । प्रमुख सेनानी…

‘एक्स रे’ मेशिन बिग्रिएपछि आज हुने भयो एभिन्यूजकर्मी रजकको पोस्टमार्टम र एक्स रे

राजधानीको तीनकुनेमा जिउँदै जलाएर हत्या गरिएका एभिन्यूजकर्मी सुरेश रजकको शव पोस्टमार्टम आज हुने भएको छ। चिकित्सकहरूले पहिला एक्स रे गर्नुपर्ने अडान लिएपछि पोस्टमार्टम आज हुन लागेको हो । फरेन्सिक विभागका चिकित्सकहरूले एक्स रे मेशिन बिग्रिएका कारण बुधबार मात्रै पोस्टमार्टम गर्ने…

सिनेमा एउटा जीवन कला र यात्रा

निभय नकर्मी न्यूयोर्कबासी नेपाली सिनेमाकर्मी हुन् जसले हालै सिटी कलेज न्यूयोर्कबाट सिनेमा सम्बन्धी बिषयमा स्नातकोत्तर गरेका हुन् र अहिले उनी सिनेमा कला सम्बन्धी कामलाई करियर बनाउँदै छन् । उनको शोध कार्य अन्तर्गतको लघु चलचित्र मोक्षम आफ्नो कलेजको तर्फबाट आउँदो BAFTA…

प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा नेपालको…

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, ५ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता…

राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सरकारको अपील

काठमाडौँ – राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सरकारले सर्वसाधारणलाई अपील गरेको छ। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सरकारले अपील गरेको बताएका हुन्। त्यस्तै, गत शुक्रबार तीनकुनेमा…

पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ । सोमवार चैत्र १५ गतेको बिरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको…

पत्रकार रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा दिप प्रज्वलन

काठमाडौं । रिपोर्टिङकै क्रममा भिडियो पत्रकारको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा रंगेलीका पत्रकारहरूले दिप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन । शुक्रबारको राजावादी प्रदर्शनका क्रममा समाचार संकलनका लागि भिडियो खिचिरहेको बेला प्रदर्शनकारीहरूले एभिन्यूज खबरकर्मीको जलाएर हत्या गरेका थिए ।…

सरकारले शिरमाथि तरबार खसालोस्, म लड्न तयार छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको षड्यन्त्रको सिलसिलालाई निरन्तरता दिएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले सम्बोधन गर्दै भने, “पाँच महिनाअघि सरकारले झुठा मुद्दा लगाएर मलाई पक्राउ गरेको थियो,…

सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा नेवाः पत्रकार राष्ट्रिय दबूको माग

नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा पत्रकार राष्ट्रिय दबूले आईतबार वसन्तपुरस्थित महादेव पार्वती डबलीमा धर्ना दिई सो…