राष्ट्रिय सभा चुनाव : १९ वटा सिटका लागि ५२ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य चुनावका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १९ सदस्यका लागि माघ ११ गते हुने चुनावमा सात वटै प्रदेशमा गरी ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।  उम्मेदवारी दर्ता गराउनेमा…

३४ वर्षमा फेरियो विश्व सम्पदासूचीमा रहेको लामपाटीको छानो

ललितपुर– विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छानो फेरिएको छ । विसं २०७२ को भूकम्पले सामान्य क्षति गरेको लामपाटीमा पानी चुहिने समस्या रहेकाले यसपटक छानो फेरिएको हो । ललितपुरका विभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा विसं १७३४ मा निर्माण भएको ऐतिहासिक सम्पदा लामपाटीलाई १९९०…

रूपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा घरबेटी प्रधानले पाइन् सफाइ

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि  जातीय विभेद गरेको मुद्दामा  विपक्षी काठमाडौंको बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई सफाइ दिएको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको एकल इजलासले शुक्रबार सकुन्तलामाथि लगाइएको आरोपमा दाबी नपुग्ने भन्दै सफाइ दिएको…

नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच कीर्तिपुरमा

काठमाण्डौं – नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच हिजोदेखि कीर्तिपुरमा प्रदर्शन सुरु भएको छ । ललितपुरको मंगलबजारमा बुधवार र विहीबार दुईदिन प्रदर्शन गरेर हिजो १२ वर्षे देवीनाच कीर्तिपुर लगिएको थियो । १२ वर्षे देवीनाच समारोह समितिका अनुसार हिजो बेलुका ५…

भक्तपुरमा यःमरि पून्हिको अवसरमा सांस्कृतिक सम्पदा पदयात्रा

भक्तपुर – भक्तपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई ऐतिहासिक सम्पदा बाहाः बहीहरुको जानकारी दिने उद्देश्यले यःमरि पून्हिको अवसरमा सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजनामा ‘बाहाः बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नाराका आज पाँचतले मन्दिर क्षेत्र…

प्रमाणसहित बिल दिए डेडिकेटेड र ट्रङ्कलाइनको महसुल तिर्न तयार छाैँ : उद्याेगी–व्यवसायी

काठमाण्डाै – उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले प्रमाणसहित डेडिकेटेड र ट्रङ्कलाइन बापतकाे बिल दिएमा महसुल तिर्न तयार रहेको बताएका छन् । आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उद्याेगी व्यवसायीले प्राधिकरणले अहिले विना प्रमाण हचुँवाका भरमा बिल थमाएर महसुल तिराउन खोजेको भन्दै आपत्ति…

खोटाङकी युट्युबर सिक्किममा पक्राउ

काठमाण्डाै – साम्प्रदायिक हिंसा फैलाउन षड्यन्त्र गरेको आरोपमा भारतको सिक्किमबाट खोटाङकी युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छिन् । उनका अभिव्यक्ति र सामग्री हिंसा फैलाउने खालका भएको भन्दै सिक्किम पुलिसले हिजो शनिवार राईलाई पक्राउ गरेको इन्डिया टुडेले जनाएको छ । सत्तारूढ…

बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका सबै रिहा

काठमाण्डाै – ललितपुरको बालकुमारीमा अस्ति शुक्रवार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । पक्राउ…

ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकको जिम्मेवारी खोसियो

काठमाण्डाै – रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा लापरबाही गरेको भन्दै सरकारले केही कर्मचारी र सुरक्षाकर्मीलाई निलम्बन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ईपीएस कोरिया शाखा, ग्वार्कोका प्रमुखलाई जिम्मेबारीबाट हटाइएको…