चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संस्थाको नवौं महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भएका छन् ।…
