Blog

लुम्बिनी महोत्सव सम्पन्न, सुदूरपश्चिम महोत्सव शुरू

रुपन्देही – सातौँ लुम्बिनी महोत्सव सम्पन्न भएको छ । ‘स्थानीय बजार प्रवर्द्धन’ मूल नारा सहित भैरहवामा चलेको महोत्सवमा झन्डै १२ करोड रुपैयाँको कारोबार भएको आयोजक चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले जानकारी दिनुभयो…

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते, हजारौँलाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । जापानको उत्तरपूर्वी तटमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । अधिकारीहरूले एक लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने आदेश जारी गरेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार, भूकम्प…

पुस ३ गतेदेखि भुजुङ्ग हाइड्रोपावरको आइपिओ, क–कसले भर्न पाउँछन्?

भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि आइपिओ जारी गर्ने भएको छ। कम्पनीका अनुसार प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का बासिन्दाका लागि ६ लाख कित्ता र अप्रत्यक्ष प्रभावित सोही गाउँपालिकाका अन्य वडा–१ देखि…

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ, २३ मङ्सिरः निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त…

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २३ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर…

देशभरको मौसम सफा

काठमाण्डौ – आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले…

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको…

चालकबिनाको ट्याक्सी गुड्दा दुर्घटना, सामान्य क्षति

काठमाडौँ । काठमाडौँको नयाँबजारस्थित नयाँ पुलनजिकै विष्णुमती करिडोरमा टाटा इभी ट्याक्सी दुर्घटना भएको छ । बागमती प्रदेश ०१००२ ज ८०८२ नम्बरको विद्युतीय ट्याक्सी आज बिहान स्वचालित भएर नजिकै ठोकिएको हो । सडकमा रोकिइराखेको इभी आफैँ गुडेर दुर्घटना हुँदा गाडीमा चालक…

विद्यार्थीहरुबाट उदाय् म्यूजियम अवलोकन

कान्तिपुर इङ्गलिश सेकेन्डरी स्कुल, धुम्बाराहीका ९४ जना विद्यार्थी र ७ जना शिक्षकहरुले ने.सं. ११४६ थिंलागाः प्रतिपदा, शुक्रबार (मंसीर १९ गते) र थिंलागाः तृतिया, आइतबार (मंसीर २१ गते) उदाय म्यूजियमको भ्रमण गरी अवलोकन गरेका छन् । यस म्यूजियम भ्रमणको क्रममा नेवार…

एनपिएलको पहिलो क्वालिफायरः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स दिउँसो ४ बजेदेखि प्रतिस्पर्धा गर्दैछन् । लिग चरणका…