प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं -प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपा तथा लोसपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। कार्यसूची अनुसार…

भद्रकाली प्रदर्शनमा पक्राउ परेकाहरुलाई रिहा नगरिए प्रहरी चौकी घेराउ गरिने

काठमाडौं÷भद्रकाली प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरिए चौकी घेराउसम्मका विरोध कार्यक्रम गर्ने नेवाः राष्ट्रिय परिषदले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको नेवाः राष्ट्रिय परिषदले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । कार्यक्रमका वक्ताहरुले…

उदाय् समाजको एक्काइसौं साधारण सभा सम्पन्न

काठमाडौं – उदाय् समाजको एक्काइसौं साधारण सभा चैत २४ गते शनिवारका दिनमा कसाः ख्यः दल्लु आवासमा भएको छ । उक्त कार्यक्रममा उदाय् गीत गाएर संचालन भएको उक्त कार्यक्रमको उदघाटन उदाय् समाजका अध्यक्ष डा. रुपज्योति कसाकारजुले पानसमा वत्ती बाली गर्नु भएको…

नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य स्थापनाको माग गर्दै भएको प्रदर्शनमा ३० प्रदर्शनकारी घाइते

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य स्थापनाको लागि बसन्तपुरबाट खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरी र प्रदर्शनकारी बिच झडप भएको…

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि साझँ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ । आजै साँझ ६ बजे उम्मेदवारको…

बिस्काः जात्राका लागि रथ निर्माण अन्तिम चरणमा

काठमाडौं– भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्काः जात्रा नजिकिँदै गर्दा श्रीभैरवनाथ तथा भद्रकालीको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीब्र रूपमा…

गर्मीयामसँगै डेङ्गीकाे जाेखिम बढ्न थाल्याे

काठमाण्डौ – गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गीको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग…

रुद्रायणीदेवीको १२ वर्षे नाच आजदेखि काठमाण्डौंमा प्रदर्शन गरिने

काठमाण्डौ – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच आजदेखि काठमाण्डौंमा प्रदर्शन गरिने भएको छ । आज बेलुकी देवगणहरु खोकनाबाट काठमाण्डौंको पचली पुग्नेछन् भने पचली मन्दिरमा लुगा तथा मुकुट लगाएर उनीहरु बाजागाजासहित हनुमानढोका दरवारको नासल चोकमा पुग्नेछन् । हनुमान ढोका…

अण्डाको नयाँ बिक्री मूल्य निर्धारण

काठमाण्डौ – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । यसअनुसार मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ कायम गरिएको छ । संघले नयाँ…

ताइवानमा शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ । भूकम्पमा परि अहिलेसम्म सात जनाको ज्यान गएको…