संसदको संयुक्त बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने

काठमाण्डाै –  संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ। संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रयोजनका लागि राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरी सभामुख देवराज घिमिरेले बैठक बोलाउनु भएको हो। संसद सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचना समेत जारी गरेको छ। बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्नु हुने कार्यसूची छ । गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उहाँलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

नेपालमा सबैभन्दा बढी एक तले घर

काठमाण्डाै – नेपालमा रहेका कुल घरहरूमध्ये सबैभन्दा बढी एक तले रहेकाे पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९ दशमलव…

टी–२० विश्वकप छनोट : नेपाल टस हारेर बलिङमा

काठमाण्डाै –  सन् २०२४ को टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ । नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै…

काठमाण्डौं महानगर वडा २७ ले रन्जना लिपि, नेपाली र अंग्रेजीमा बोर्ड राख्न थाल्यो (भिडियोसहित)

काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ ले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न स्थानहरूको नाम नेपालभाषाको रन्जना लिपि साथै नेपाली र अंग्रेजी भाषामा लेखेर बोर्ड राख्ने कामको सुरुवात गरेको छ। बागमती प्रदेश सभामा नेपालभाषा र तामाङ्ग भाषालाई कामकाजी भाषाको रूपमा मान्यता दिनको लागि…

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्र सङ्घका महासचिव गुटेरेसको भेटवार्ता

काठमाण्डाै – नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । उहाँहरूबीच आज आइतवार मन्त्रिपरिषद् कार्यालयमा भेट भएकाे हाे। मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारमा रहेकाे…

सुनको भाउ अहिलेसम्मकै महँगाे

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल…

उदाय् समाज, महिला समूहको आयोजनामा असनमा व्यापार मेला सञ्चालन

काठमाण्डाै – उदाय् समाज, महिला समूहको आयोजनामा नेपालको ऐतिहासिक स्थल असनमा ‘स्वन्ति ब्यापार मेला ११४३ संचालन भएको छ। शुक्रबार र शनिबार सञ्चालन भएको मेलाको उद्घाटन बागमती प्रदेशका सांसद शैलेन्द्र मान वज्राचार्य, काठमाण्डौं महानगरपालिका, वडा नं २७ का वडाअध्यक्ष योगेश कुमार खड्गी…

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, आज दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहने

काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा गए राति नेपाल  आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत…

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाण्डाै – आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् ग्रहण समाप्त…

यस वर्षको बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमा मनाइँदै

काठमाण्डाै – बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ…