वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा अहिले ललितपुरमा हर्षोल्लासका साथ चलिरहेको छ। शनिबार सुन्धाराबाट तानेर चक्रबहिल पुर्याइएको रथलाई आज आइतबार लगनखेलतर्फ लैजाने कार्यक्रम छ। जात्रामा सहभागी हुन ललितपुरका साथै आसपासका क्षेत्रबाट भक्तजनहरूको ओइरो लागेको छ। लिच्छविकालीन राजा नरेन्द्रदेवको पालादेखि…
