काठमाण्डौ – लेखक तथा पत्रकार कमलरत्न तुलाधरको निधन भएको छ । उहाँको ६८ वर्षको उमेरमा हिजो शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ द काठमाडौं पोष्टका पूर्व डेस्क सम्पादकसहित ट्राभेलरस् नेपाल, नेपाल ट्राभल ट्रेड जर्नल लगायतका पत्रिकामा पनि आबद्ध हुनुहुन्थ्यो। उहाँले…
Category: समाज
आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा…
नेपालभाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन
ललितपुर – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । हिजो विहिबार पाटनढोकामा रहेको त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको उद्घाटन गर्दै उपप्रमुख डंगोलले यस्तो जोड दिनु भएको…
३४ वर्षमा फेरियो विश्व सम्पदासूचीमा रहेको लामपाटीको छानो
ललितपुर– विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छानो फेरिएको छ । विसं २०७२ को भूकम्पले सामान्य क्षति गरेको लामपाटीमा पानी चुहिने समस्या रहेकाले यसपटक छानो फेरिएको हो । ललितपुरका विभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा विसं १७३४ मा निर्माण भएको ऐतिहासिक सम्पदा लामपाटीलाई १९९०…
रूपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा घरबेटी प्रधानले पाइन् सफाइ
काठमाडौँ – जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा विपक्षी काठमाडौंको बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई सफाइ दिएको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको एकल इजलासले शुक्रबार सकुन्तलामाथि लगाइएको आरोपमा दाबी नपुग्ने भन्दै सफाइ दिएको…
