आज संविधान दिवस, देशभर सार्वजनिक विदा

काठमाण्डौ – आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष…

आज ऋषिपञ्चमी

काठमाण्डाै – ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत…

नेपालभाषा मंकाः खलःको भवन निर्माण सम्पन्न

काठमाण्डौ –  नेपालभाषा मंकाः खलःको भवन निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएसँगै शनिबार विजेश्वरीमा भएको कार्यक्रममा काठमाण्डौं महानगरपालिकाया उपप्रमुख सुनिता डंगोल, नेपालभाषा मंकाः खलःका अध्यक्ष एवम् जनकवि दुर्गालाल श्रेष्ठ र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले सामुहिक रुपमा…

सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच छ बुँदे सहमति भएको छ । आज आइतवार भएको छ बुँदे सहमतिसँगै सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । आज दिनभर स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा हेटौँडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी…

तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सार्वजनिक

काठमाण्डाै – काठमाण्डाैकाे तीनकुने सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आज आइतवार बेलुकी प्रहरीले काठमाण्डाैमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो ।  घटनापछि खुकुरीसहित भागेका उनलाई सीसीटीभी फुटेजको सहयोगमा पक्राउ…

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

काठमाण्डाै – हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका…

आज दरखाने दिन

काठमाण्डाै – हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज दरखाने दिन,  दर खाएर मनाइदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा,…

प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाँदै

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज अमेरिका जाँदै हुनुहुन्छ । उहाँले आउँदो बुधवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको अघिल्लो दिन मङ्गलवार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत…

काठमाण्डौको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको शव फेला

काठमाण्डौ – काठमाण्डौको तीनकुने गैह्रीगाउँमा ४ जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या…

डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटौँडा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा

मकवानपुर – हेटाैँडाको सञ्चाे अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटाैँडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् । डाक्टरलाई कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने हेटाैँडा अस्पतालका डाक्टर…