एसईई खारेजको प्रस्ताव, कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिने

काठमाण्डाै – सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । संविधान जारी भएको आठ वर्षपछि सरकारले सङ्घीयताअनुसार शिक्षा प्रणाली लागू गर्न विधेयक संसदमा दर्ता गरेको हो। शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा विद्यालय तह स्थापना,…

सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप, कर नबढाइएकोमा सरकारमाथि प्रश्न

काठमाण्डौ – सूर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगहरुले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको…

पञ्चदान पर्व मनाइयो

काठमाण्डाै – बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाएको छ । साउन शुक्ल प्रतिप्रदादेखि मनाउदै आएको गुंला पर्व अन्तर्गत  प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । आजका दिन काठमाण्डाै, भक्तपुर, साँखु, बनेपा, नुवाकोट लगायतको ठाँउमा पञ्चदान पर्व…

भक्तपुरमा पञ्चदान : नगर परिक्रमामा दिपंकर बुद्ध

भक्तपुर – भक्तपुरमा आज पञ्जरां (पञ्चदान) पर्व मनाइएको छ। भक्तपुरका पाँच बिहारबाट निस्केका दिपंकर बुद्धलाई आज दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइएको हो। भक्तपुरमा भदाै कृष्ण पक्ष त्रयोदशीका दिन पञ्जरां मनाउने गरिन्छ। भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको…

मुकुन्द रिजालको निधनपछि पुष्प महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डाै – काठमाण्डाै  महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ ।  सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय…

काठमाण्डौ महानगरमा भोलि शोक बिदा

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ ।…

कृष्णजन्माष्टीमा काभ्रेमा पुजिए १३ हजार कन्या

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चाेकमा कृष्ण जन्माष्टीको अवसरमा हिजाे १३ हजारभन्दा बढी कन्यालाई पुजिएकाे छ । काभ्रेकाे बनेपा, पनाैती, धुलिखेल, पाँचखाल लगायतका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरी १३ हजारभन्दा बढी कन्यालाई पुजिएको हाे । विसं १९५९ देखि काभ्रेपलाञ्चोकमा कृष्ण जन्माष्टीको अवसरमा शुरु गरिएको ‘कन्या…

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उहाँ पाँच दिनअघि अस्पताल भर्ना हुनुभएको थियो । फोक्सोमा…

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर – ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ…

आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाण्डौ – आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको…